
पूर्णपुष्टि, फागुन २३
झापामा लागुऔषधसहित शनिबार दुई जना पक्राउ परेका छन् । झापा बुद्धशान्ति –३ स्थित झिलमिले पुलबाट स्थानीय २३ बर्षीय मुकुन्द राजबंशी र झापा भद्रपुर –८ सगरमाथा चौकबाट स्थानीय २४ बर्षीय दिनेश राजबंशीलाई प्रहरीले पक्राउ गरेको हो ।
चेकजाँचको क्रममा मुकुन्दको साथबाट ५ ग्राम ४१० मिलिग्राम लागुऔषध र दिनेशको साथबाट ६ ग्राम ५० मिलिग्राम खैरोहिरोईन ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

