Sunday, June 28News That Matters

१३ नं. वडाको कालोपत्रे सडक उद्घाटन

पूर्णपुष्टि, फागुन २३ ।

कालोपत्रे सडकले गाउँ सजिए पछि त्रियुगा नगरपालिकाको १३ नं. वडाबासीमा खुसी छाएको छ । वडाबासीको खुसीकाबीच लक्ष्मीपुर–पोर्ताहा कालोपत्रे सडकको आज नगरपालिकाका मेयर बलदेव चौधरीले कालोपत्रे सडकको उद्घाटन गर्नुभयो ।

स्थानीय वडाबासी, बुद्धिजिवि, जनप्रतिनिधि, राजनीतिक दलका नेता, पत्रकार लगायतको उपस्थितिमा कालोपत्रे सडकको उद्घाटन गरिएको वडाध्यक्ष पशुपति चौधरीले बताउनुभयो ।

सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीका इन्जिनियर ब्रम्हदेव चौधरीका अनुसार लक्ष्मीपुर चौकदेखि पोर्ताहासम्म ३ किलोमिटर १ सय ४५ मिटर कालोपत्रे सडकले १३ नं. वडा सजिएको छ । लक्ष्मीपुरको बरुवाखोला किनारदेखिको कालोपत्रे सडकले पोर्ताहामा मदनभण्डारी राजमार्गमा जोडेको छ ।

सहरी पूर्वाधारको लगानीमा सडपूक कालोपत्रे बनेको हो । ४ करोड २ लाख ३८ हजार बजेटमा निर्माण कम्पनी सगरमाथा भानुमती जेभिले ४ करोड १ लाख ६३ हजारमा ठेक्का पारी काम गरेको हो । गत ०७६ असारदेखि थालिएको काम ०७७ पुसमा सम्पन्न भएको हो ।

सडक कालोपत्रे भएपछि सिंगो वडाबासीलाई आवतजावतमा सजिलो, सवारी साधनलाई सहज, इन्धनमा बचत, बालबालिकालाई विद्यालय जान सजिलो भएको छ । त्यतिमात्र हैन सिंगो गाउँलाई नै सजाएको वडाबासीहरुले बताए ।

स्थानीय सरकार अन्तर्गत वडामा जनप्रतिनिधि आएसंगै धुले सडकलाई कालोपत्रे सडक बनाइएको हो । नगरपालिकादेखि मञ्त्रालयसम्ममा पहल कदमी गरेपछि सडक कालोपत्रे योजना पाएको वडाध्यक्ष चौधरीले बताउनुभयो ।  सडक कालोपत्रे भएकोमा खुसी ब्यक्त गर्दै वडाबासीहरुले जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

कार्यक्रमका अन्य तस्विरहरू :