
पूर्णपुष्टि, माघ १
लागुऔषाध सहित जिल्ला प्रहरी कार्यालय उदयपुरले गाईघाटका एक युवालाई पक्राउ गरिरहेको छ । लागुऔषाध ओसारपसार नियन्त्रण अन्तरगत प्रहरीले त्रियुगा नगरपालिका १२ का सुसन राईलाई बुधबार ठुलो परिमाणको लागुऔषाध सहित पक्राउ गरेको हो ।
राईलाई त्रियुगा नगरपालिका ६ जलजलेबाट पक्राउ गरेको हो । उनका साथबाट डाईजेल्याप २७ एम्पुल, फिनारगन २७ एम्पुल र लुपीजेसिस २७ एम्पुल गरी जम्मा ८१ एम्पुल लागूऔषध सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभयो । बरामद लागूऔषध सहित उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
