Tuesday, April 21News That Matters

राखेपको सहायक प्रशिक्षक प्रकाश राई जिल्ला खेलकुद विकास समिति उदयपुरको प्रमुखमा नियुक्ती

पूर्णपुष्टि, माघ १

राष्ट्रिय खेलकुद परिषदको सहायक प्रशिक्षक प्रकाश राई जिल्ला खेलकुद विकास समिति उदयपुरको प्रमुखमा नियुक्ती हुनुभएको छ । बिगत लामो समयदेखी कराँते प्रशिक्षको रुपमा उदयपुर रहेर काम गर्दै आउनुभएको राई यहि पौष १४ गतेबाट प्रमुखको रुपमा नियुक्ति हुनुभएको हो ।

उदयपुरमा २०५२ सालदेखी दरबन्दीमा कराँतेको साहयक प्रशिक्षकमा कार्यरत राई ६१ सालबाट भने स्थायी रुपमा प्रशिक्षकमा रहनुभयो । पछि राखेपले ६१ सालबाट स्थायी रुपमा आयोगबाटै सबै जिल्लाहरुमा प्रशिक्षक आह्वान गरी व्यवस्थीत गरेपछि स्थायी रुपमा कराँते प्रशिक्षको रुपमा उदयपुर रहनुएको थियो ।

राखेपले २०५२ सालबाट सबै जिल्लाहरुमा दरबन्दीको कोटामा सहायक प्रशिक्षकहरुलाई नियुक्त गरेका थिए भने ६१ साल बाट स्थायी रुपमा नियुक्ती गरी प्रशिक्षकहरुलाई व्यवस्थीत गरिएका थिए ।

खेलकुद विकास समितिमा कार्याभार सम्हाल्दै राईले पहिलो प्राथामिकता खेलकुदका कमिकम्जोरीलाई सुधार गर्ने बताउनुभएको छ । राईले त्यसका लागि पहिले अव्यवस्थीत कार्यालयलाई व्यवस्थीत तथा सुधार गर्ने बतानउभुायो । उहाँले हाल कार्यालय सहयोगी समेत नरहेको हुँदा कार्यालय सुधार अवस्थामा नरहेको बतानुभयो ।

यसका लागि तत्काल सरोकारवाला, पूर्व संघहरु संग समन्वय गरी व्यवस्तीत गर्दै खेलकुद गतिबिधिलाई पूर्णता दिने उहाँले बताउनुभयो ।

कारोनाले गर्दा धेरै खेलहरु औपचारिक रुपमा संञ्चालन हुन नसकेको समेत राईले बताउनुभयो । प्रशिक्षणको कामहरु समान्यतया भईरहेपनि औपचारिक प्रतियोगिताहरु भने संञ्चालन हुन नसकेको राईले बताउनुभएको छ । यसलाई जिल्लामा सहज र सरल बनाई खेल अगाडी बढाउने उहाँले बताउनुभयो ।