Tuesday, April 21News That Matters

कटारीमा त्रिवेणी मेला सुरु , विहानैदेखि मकर नुहाउनेको घुईचो

पूर्णपुष्टि, माघ १ 

 

कटारी रहरेक वर्ष माघ १ गतेबाट १५ दिनसम्म लाग्ने मैनी मेला आजदेखि सुरु भएको छ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ खोक्सा नजिकैको त्रिवेणी धाममा मेला सुरु भएको हो ।  ककरु, तावा, र कमला नदीको संगमस्थल त्रिवेणीघाटमा लाग्ने मैनी मेलालाई त्रिवेणी मेलाको रुपमा चिनिएको छ ।

तीन नदीको संगम स्थलमा मकर स्नान गरी भाकल गरे अनुसारको पशुपंक्षी बली दिई पूजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वासका साथ आज विहानैदेखि दर्शनार्थीहरु मकर नुहाउन त्रिवेणीमा पुगिरहेका छन् ।आज बहानदेखि नै यो ठाउँमा मकर नहुँउनेको भीड लागेको छ ।