Thursday, May 7News That Matters

लागु औषधसहित १ जना पक्राउ

उदयपुर, असोज ९ गते । 

उदयपुरको त्रियुगामा लागु औषधसहित एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका–६ जलजले चोकबाट बुधबार साँढे ७ बजे राती पक्राउ परेको हो ।

लहानबाट गाईघाट तर्फ आउँदै गरको ना १ ज ८५०९ नम्बरको गाडीमा सवार त्रिनपा–६ निबासी २० वर्षीय अमोद महतोलाई लागु औषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

डाईजोल्याव ११ एम्पुल, लुपिजेसिक १२ एम्पुल र फेनारागन १५ एम्पुल महतोको साथबाट बरामद गरेको प्रहरीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेको महतोलाई थाप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।