
उदयपुर, असोज ९ गते ।
उदयपुरको लिम्पाटारमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । कटारी नगरपालिका –९ लिम्पाटार निबासी ३२ वर्षीय दलबहादुर परियारको मृत्यु भएको हो ।
घर नजिकै चिलाउनेको रुमा भएको अरिङ्गालको गोलामा बुधबार दिउँसो करिब १ बजे आगो लगाउने क्रममा अरिङ्गालले टोकेर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अरिङ्गालले टोकेर घाईते भएको परियारलाई उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको कटारी ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
