
असोज ९ गते ।
स्पेनिस ला लिगाको शिर्ष स्थानमा रियल मड्रिडमा रहेको छ । उपाधिको दावेदार रियल मड्रिडले ओसासुनालाई हराउँदै लिगको शीर्ष स्थानमा पुगेको हो ।
घरेलु मैदानमा विहिबार भएको खेलमा रियलले ओसासुनालाई २–० ले हराएको थियो । ३६ औं मिनेटमा भिनिसियस जुनियरल गरेको थियो भने ७२ औं मिनेटमा रोद्रिगोले गोल गर्दै टिमलाई जित दिलएको थियो ।
यस जितले रियलको ६ खेलमा १४ अंक बनेको छ भने लिगको शीर्ष स्थानमा पुगेको हो । दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको समान खेलबाट १३ अंक रहेको छ ।
