
असोज ९ गते ।
प्रहरीले सरकारी जग्गा ब्यक्तिको नाममा बनाउने छ जनालाई पक्राउ गरेका छन् । ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।
चन्द्रागिरि नगरपालिका–२ को कित्ता नम्बर १०१ रहेको सरकारी जग्गा व्यक्तिको नामबाट २०७२ सालमा सुयल हाउजिङ कम्पनीको नाममा गराउने काममा संलग्न रहेका मालपोत कार्यालय कलंकीका प्रमुख शिवप्रसाद रिमालसहित ६ जना पक्राउ परेका छन् ।
सरकारी जग्गा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानी निबासी दिदीभाइ मीनकुमारी थापा र रामकुमार सुयल थापाले आफ्नो नाममा गरेका थिए ।
सरकारी जग्गा आफ्नो बनाउनका लागि शुरूमा दिदी मीनाको नामको जग्गा आफ्नो नाममा गर्न भाइ थापाले दिदीलाई जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरेको थियो ।
यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
