
पूर्णपुष्टि, असार ५ गते ।
प्रहरीले सिराहाबाट लागूऔषधसहित एक भारतीय नागरिक सहित दुई जनालाई लाई पक्राउ गरेको छ । भगवानपुर गाउँपालिका–३ अभयनगरबाट लागुऔषध सहति प्रहरी पक्राउ गरेको हो ।
भारतबाट लागूऔषध लिएर आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय लहान र प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले स्थानीय २१ वर्षीय बली यादव र भारतको मधुबनी जिल्ला लल्मनिया ग्रामपञ्चायत बस्ने २० वर्षीय छोटुकुमार यादव पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनीहरुले बोरामा लुकाई छिपाई ल्याउदै गरेको डाइलेक्स डीसी १ सय एमएलको ७० बोतल, नुर्फिन ३० एम्पुल, फेनारगन ३० एम्पुल, डाईजील्याब ३० एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
