
पूर्णपुष्टि, असार ७
मोरङ सुन्दरहरैचा नगरपालिका –६ डिपुचोक स्थितबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ छ । सोही नगरपालिका वडा नम्बर ५ का २६ वर्षीय गोपाल विश्वकर्मालाई पक्राउ गरिएको हो ।
हिजो दिउसो २ बजे लागूऔषधको कारोबार भईरहेको गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले विश्वकर्माले बोकेको ब्यागबाट डाइलेक्स डीसी १०० एमएलको २५ बोतल, निट्राभेट–१० ३७५ ट्याबलेट, निट्राभेट–१० ६० ट्याबलेट र स्पास्मो–प्रोक्सिभोन पल्स–१४४ ट्याबलेट बरामद भएको हो ।
पक्राउ परेका विश्वकर्मा उपर थप अनुसन्धान भईरहेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
