
पूर्णपुष्टि, असार ७
१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । धुलिखेल नरगरपालिका–८ का २३ वर्षीय जयराम चौलागाईलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो ।
धलिखेलकै बालिकालाई खाजा खुवाउने निहुमा भक्तपुर हुँदै काठमाडौंको सुन्धारा पुर्याएर बलात्कार गरेको आरोपमा चौलागाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
असार ५ गते बिहान १० बजेदेखि बालिका हराएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा निवेदन दिएका थिए । खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी बृत्त जनसेवाको टोलीले आइतबार सुन्धारामा बालिकालाई फेला पारेको थियो ।
बालिकाको बयानका आधारमा चौलागाईलाई पनि सुन्धारा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौलागाईविरुद्ध बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त जगातीमा किटानी जाहेरी दिएकी छन् ।
यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जानकारी दिएको छ ।
