Saturday, June 13News That Matters

लालपत्तामा छ वर्षदेखि साङ्लोले बाँधेर राखिएका युवकको उद्दार

पूर्णपुष्टि,चैत्र ४ । उपचार खर्चको अभाव कै करण बिगत ६ वर्षदेखि साङ्लोले बाँधेर राखिएका उदयपुरका एक युवकको उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाएका त्रियुगा नगरपालिका वडा नं. ६, लालपत्ताका स्थानीय २१ वर्षीय राम बहादुर परियारलाई नगर उप–प्रमुख महेश्वरी राई, वडा अध्यक्ष साथै वडा सदस्यहरुको पहलमा उद्धार गरेर मानव सेवा हेटौडा मानव आश्रम पठाएको हो ।

रामलाई मानसिक सन्तुलन गुमेपछि उनकी दिदि हस्तमाया बि.क.को घरमा बाधेर राखेका थिए । परियारलाई आज शनिवार दिदिको घरबाट उप–प्रमुख,वडा अध्यक्ष,समाज सेवीहरुको रोहवरमा हेटौडा पठाएको श्रोतले जनाएको छ । उपचार खर्च नहुँदा भाईलाई आफ्नो घरमा साङ्लोले बाधेर बस्न बाध्य भएको उनका दिदीले बताइन् ।

रामको बुबा होम बहादुर बि.कले २०७५ सालमा आफ्नो छोराको अवस्थालाई हेर्न नसकेर आत्माहत्या गरिको परिवार श्रोतले जनाएको छ ।

उप–प्रमुख राईले बिरामीलाई हेटौडा सम्म पुर्‍याउन सवारी साधन उपलब्ध गराउँनु भएको छ । आश्रममा बिरामीको उपचार व्यवस्थामा समाजसेवी साबित्रा शाह राउतले गर्नु भएको हो । यता लालपत्ता निवासी एमाले नेता टेक कार्कीले मानसिक सन्तुलन गुमाएका परियारको अवस्थाबारे सम्बन्धित निकायहरमा जानकरी दिनुभएको थियो ।