Friday, May 22News That Matters

लिग लिडर आर्सनलमाथि सिटीको सानदार जित, दुई अंकको दुरीमा

पूणपुष्टि, बैशाख १४ । प्रिमियर लिग लिग लिडर आर्सनलमाथि दोस्रो स्थानको म्यानचेष्टर सिटीले सानदार जित निकाल्दै अंक दुरी छोट्याएको छ । बुधबार राती सिटीको घरेलु मैदानमा भएको खेलमा सिटीले आर्सनललाई ४–१ गोलले हराएको हो ।

सिटीलाई जित दिलाउन केभिन डे ब्रुयनाले दुई गोलसहित एक असिस्ट गरे भने जोन स्टोन्स र एर्लिङ हालान्डले समान १–१ गोल गरे । केभिन डे ब्रुयनाले खेलको ७ औं मिनेटमा हालाण्डको पासमा गोल गर्दै सिटीलाई आग्रता दिलाएका थिए भने डे ब्रुयनाको पासमा पहिलो हाफको इन्जुरी टाइममा स्टोन्सले गोल गरी अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ५४औं मिनेटमा डे ब्रुयनाले हालान्डकै पासमा गोल गरे । ८६औं मिनेटमा आर्सनलका रब होल्डिङले गोल गर्दै गोल गरेका पनि खेलको इन्जुरी टाइममा हालान्डले गरेपछि सिटीले सहज जित हात पारेको हो ।

आर्सनललाई पराजित गरेपछि सिटी उपाधि होडमा फर्किएको छ । अब आर्सनल र सिटीबीच जम्मा २ अंकको दूरी छ भने सिटीले अझै दुई खेल कम खेलेको छ । जसले गर्दा सिटी उपाधि होडमा बलियो बनेको छ । ३३ खेल खेलको आर्सनलको ७५ अंक छ भने ३१ खेल खेलेको सिटीले ७३ अंक जोडेको छ । अब लिगमा आर्सनलले ५ खेल खेल्न बाँकी छ भने सिटीले ७ खेल खेल्न बाँकी छ । सिटीले आफ्नो बाँकी खेल जितेमा लिग उपाधि जित्नेछ ।