Tuesday, April 21News That Matters

लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो होईन भारतको हो भन्ने सांसदलाई किन कारबाही हुदैन ?

पूर्णपुष्टि, जेठ २७ गते । 

राष्ट्रिय सभाका सांसदले नेपालको सदनमा हिन्दी भाषा बोल्ने र लिपुलेक हाम्रो हैन भन्ने सांसदलाई यथाशीघ्र कारबाही गर्न सरकारको ध्यानकर्षण गराएको छ ।

सभाको आज बसकेको बैठकको शुन्य समयममा नेपाल कम्यूनिष्ठ पार्टी (नेकपा)की नन्दा चपाईँले नेपालको सदनमा हिन्दी भाषा बोल्ने काम संविधानको कुन प्रावधान, कुन धारा र कुन भागमा छ ? यो जान्न चाहन्छु, लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा छैन, हाम्रो हैन भन्ने सांसदलाई कारबाही किन हुँदैन?, त्यस्तो बोल्ने सांसदलाई यथाशीघ्र कारबाही गर्न सरकारको ध्यानाकर्षण गर्नु भएयो ।

त्यस्तै (नेकपा) की दीपा गुरुङले लामो समयसम्म लकडाउन हुँदा गर्भवती र सुत्केरीले समयमै उपचार नपाएर अकालमा ज्यान गुमाउनुपरेको बताउँदै उनीहरुको उपचारमा प्राथमिकता दिन सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सुत्केरीलाई भएमा बढीमा एक वर्ष र  घटीमा ६ महिनासम्म राम्रो खाना, बस्न र आरामको आवश्यकता पर्छ तर लकडाउनले गरीबलाई  ग्रसित बनाएको छ, त्यसमाथि सुत्केरीलाई अझै ग्रसित बनाएको छ, उनीहरुलाई कम्तीमा समयमै उपचारको व्यवस्था गरियोस् ।’

त्यसै पार्टीकी नैनकला ओझाले नेपाल जस्तो कृषिप्रधान देशमा कृषकले उत्पादन गरेको फलफूल र तरकारीको उचित बजारको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।