Saturday, April 18News That Matters

लिमचुङबुङ अध्यक्ष बैठक पुस्तिकसहित बेपत्ताको भएको आरोप

बराहा, वैशाख ६
लिम्चुमबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई बैठक पुस्तिकसहित फरार भएको आरोप छ। नेकपा (माओबादी केन्द्र) को गाउँ कमिटी अध्यक्ष समेत रहेका राई बैठक चलिरहेको बेला माईन्युटसहित हिडेर बेपत्ता रहेको उपाध्यक्ष दिनेश राईको आरोप छ ।
आसन्न स्थानीयतह निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षलगायत उम्मेदवार छानेर नाम सिफारिस गर्न सोमबार दिउसो बसेको पार्टी बैठकबाट उठेर हिडेका उनी मंगलबार दिउसो साढे ३ बजेसम्म सम्पर्कविहीन भएको उनले बताए । उनले उम्मेदवार चुन्ने विषय छिनोफानो नगरी कार्यक्रमस्थलबाट हिडेको र पटकपटक बैठकमा आउँन आग्रह गरे पनि नआएको बताए ।
उम्मेदवारको नाम चयन विषयमा छलफल हुँदा अध्यक्षका लागि ५ जनाले आकांक्षा व्यक्त गरेका थिए ।
सहमति नभएपछि छलफलस्थलबाटै हिडेका उनले बैठकस्थलमा माईन्युट लेख्दै गरेको सहसचिव नन्द राईलाई बोलाएर माईन्युट बुक लिएर हिडेको प्रत्यक्षदर्शी कार्यकर्ताले बताए ।
सचिव मनोज बुढाथोकीले बैठकमा फर्कन आग्रह गर्दा आफैले समय तोकेर बैठक बोलाउने भने पछि २४ घण्टा बितिसक्दासम्म नपर्केपछि उपाध्यक्षको अध्यक्षतामा बैठक बसेर निर्णय गर्न लागेको अध्यक्षका आकांक्षीसमेत रहेका सचिव बुढाथोकीले बताए । आकांक्षीमध्ये ३ जनाको सहमति जुटाउन खोज्दा कसैले नछासडेपछि “अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भयो है” भनेर उनी हिडेको बुढाथोकीको भनाई छ ।
पर्टी गाउँ इन्चार्ज झनक घिमिरेले बैठकस्थल छाडेर बेपत्ता भएका अध्यक्ष राई २४ घण्टाभन्दा बढी समयसम्म अनुपस्थित भएपछि उपाध्यक्षको अध्यक्षतामा बैठक बस्ने तयारी भईरहेको बताए । आफै पनि अध्यक्षका आकांक्षी रहेका बिकले माथिल्लो निकायको निर्देशन लिएर बैठक बसी उम्मेदवारहरुको नाम तय गर्ने जानकारी दिए ।
अध्यक्षको यस्तो गतिबिधिपछि पार्टी अगुवा कार्यकर्ताहरुले असहमति जनाएका छन् । पार्टी निकट अखिल नेपाल शिक्षक संगठन लिमचुङबुङका अध्यक्षसमेत रहेका गाउँ पार्टी सचिवालय सदस्य शिवराम राईले चलिरहेको बैठकस्थलबाट निर्णय पुस्तिकासमेत लिएर २४ घण्टासम्म अनुपस्थित हुनु पार्टी विधि, पद्धति र अनुशासनविरोधी कार्य भएको बताए ।