Saturday, May 16News That Matters

लिम्चुङबुङका अग्नि पिडितलाई पालिकाको सहयोग

पूणर्पुष्टि, कार्तिक १६

लिम्चुङबुङ गाउँपालिकाले अग्नि पिडित २ परिवारलाई राहत उपलब्ध गराएको छ । पालिका अध्यक्ष मेजर कुमार राई स्वयम आफै पिडित परिवारको घरमा गई  राहत उपलब्ध गराएको हो । पालिकाको ४ न वडा बलम्ता लाकुका आगलागी पिडितलाई गाउँपालिका अध्यक्ष राईले राहत वितरण गरेको हो ।

शनिबार विहान घरमा कोही नभएका बेला भएको आगलगीमा परी उदेशबहादुर राईका दुई घर र मतान तथा भाइ देवबहादुरको गोठ जलेर नष्ट भएको थियो । लागलागीका कारण फुसको छाना भएका घर, मतान जल्न पुग्दा त्यसभित्र रहेका अन्नपात, भाँडावर्तन, लुगाफाटा र नगद तथा महत्वपूणर् कागजात जलेर नष्ट भएको स्थानीय गणेश राईले बताए । उनका अनुसार गोठ जल्दा त्यसभित्र बाँधेर राखेका ८ वटा गाउँ र ८ वटा खसी बाख्रासमेत जलेर क्षति पुगेको थियो ।

११ः०० बजे गोठबाट एक्कासी सल्केको आगोले गोठ, मतान र घरभित्र रहेको १० मुरी मकै, १२ मुरी धान, २५ हजार नगद, नागरिक्ता, जन्मदर्ता, जग्गा धनीपुर्जालगायत महत्वपूणर् कागजात जलेको पीडितका छिमेकी तथा गाउँ कार्यपालिका सदस्य जानुका राईले बताईन् । चर्को घाम लागेका बेला भएको आगलागी नियन्त्रण गर्न गाउँभरीका मान्छे भेला भएर लगभग ३ घण्टाको प्रयासपछि संभव भएको राईले बताईन् ।

पालिका अध्यक्ष राई सहित विपत व्यवस्थापन समिति संयोजक भुपाल खड्काको टोली पीडितको घरमै पुगेर चामल, दाल, नुन, तेललगायत खाद्यान्न सामग्री प्रदान गरेको वडाध्यक्ष यन्डप्रसाद राईले बताए । उनका अनुसार अन्य सरोकारवाला निकायसमक्ष पनि राहतका लागि सिफारिस गरिएको छ ।