
पूर्णपुष्टि,कार्तिक १६
पर्साको जगरनाथपुर गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक पुरुषको मुत्यु भएको छ । पालिकाको–वडा नं २ लक्ष्मीपुरमा ट्याक्टर दुर्घटना भई टयाक्टर चालक स्थानीय ४० वर्षीय राम मनोहर साहको मृत्यु भएको हो ।

पुल छेउको उकालो चढ्दै गर्दा अनियन्त्रित भई ट्याक्टर खोल्सामा खसेको थियो । लक्ष्मीपुरबाट धान बोकेर वीरगञ्ज आउँदै गरेको लु ३ त १२१६ नम्बरको ट्याक्टर चन्द्रवाती खोलाको पुलकै छेउमा आज बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

साहको शव पुल छेउको बाँधमा उछिट्टिएको र ट्याक्टर खोल्सामा पुगेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

