Saturday, May 16News That Matters

गीतकार विमलाको (ए सानु) सार्वजनिक

पूर्णपुष्टि,कार्तिक १६

चर्चित गायिका एलिना चौहानको स्वरमा रहेको (ए सानु) वोलमा रहेको गितको भिडियो सार्वजानिक भएको छ । अहिलेका चर्चित अनि व्यस्त साहित्यकार तथा गीतकार विमला हुमागाईको “ए सानु …” बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

थुप्रै गीतहरुको शब्द कोरिसकेका गीतकार हुमागाईद्वारा रचित “ए सानु …” बोलको गीतलाई अहिलेका व्यस्त निर्देशक आदित्य बुढाथोकीले निर्देशन गरेका छन् । भिडियोमा दिक्पाल कार्की र सुनिशा बजगाईलाई फिचरिङ गरिएको छ । भिडियोको नृत्य निर्देशन शिब बिकले गरेका छन् ।

धुलिखेलको रमणीय दृश्यलाई मुकेश हुमागाईले भिडियोमा कैद गरेका छन् । किशोरावस्थाका प्रेम जोडीको माया प्रेममा आउने उतार चढाव र पेमी प्रेमिका बिचका भावनालाई गीतकार हुमागाईले सचित्र शब्दमा उतार्ने प्रयास गरेका छन् ।

गीतलाई एरेन्ज, मास्टरिङ, मिक्सीङ सुन्दर लामाले गरेका छन् । अहिलेका युवा पिढीको प्रेमकथालाई समेटिएको गीत र भिडियो यूवा पिढीले रुचाउने अपेक्षा गरिएको छ । भिडियो बोध नलेज इन्टरटेन्मेन्टको यु ट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीतकार हुमागाईको शब्द रचना रहेको गीतहरु यस अघि नै सबैको मन मुटुमा बस्न सफल भैसकेको छ । हुमागाई अधबैंसे आइमाई उपन्यासका लेखिका समेत हुन् ।