Saturday, May 16News That Matters

लिम्चुङमा आगलागी हुदा २ घर जलेर नष्ट

पूणर्पुष्टि, कार्तिक १६

लिम्चुङबुङमा आगलागी हँदा २ घर जलेर नष्ट भएको छ । आगलागीबाट घरभित्र रहेको १० मुरी मकै, १२ मुरी धान, २५ हजार नगद र केही महत्वपूणर् कागजात नागरिक्ता, जन्मदर्ता, जग्गा धनीपुर्जालगायत जलेर नष्ट भएको छ ।

पालिकाको वडा नं. ४ बलम्ताको लाकुस्थित उदेशबहादुर राईका दुई घरसहित मतान तथा उनकै भाइ देवबहादुरको गोठमा लागेको हो ।

राईको घरमा भएको अन्नपात, मतान, नगद र चौपाया पशुसमेत जलेर क्षति ठुलो क्षति भएको छ । आईतबार विहान ११ बजेतिर गोठबाट एक्कासी सल्केको आगोले फुसको छानो भएको गोठ, मतान र घर जलेर नष्ट भएको पीडितका छिमेकी गणेश राईले जानकारी दिए ।

घट्नाबारे जानकारी पाएलगत्तै लिमचुङबुङ इलाका प्रहरी कार्यालय बाराहादेखि टोली गएर स्थलगत निरीक्षण गरी सर्जमिन मुचुल्का तयार गरेको छ । आगो स्थानीयवासीहरुले लगभग ३ घण्टामा नियन्त्रण गरेको थियो ।