
पूर्णपुष्टि, जेष्ठ ११
उदयपुरको पहाडी पालीका लिम्चुङबुङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मेजर कुमार राईले दोस्रो कार्याकाल सम्हालेका छन् । राईले बुधबार कार्यालयमा पदवहाली गर्दै दोस्रो कार्याकालमा फर्केका छन् । राई ७४ सालको स्थानीय चुनावमा पनि बिजयी भएर पहिलो कार्याकाल सफलतापूर्वक सम्पन्न गरी दोस्रो कार्याकालमा फर्केको हो । पदवहाली सँगै राईले बिषेश रुपमा लिम्चुङबुङ गाउँपालिकामा शैक्षिक सुधार कार्यक्रम चरणबद्ध रुपमा लागू गर्ने प्रतिवद्धता जनाएको छ ।
पहिलो चरणमा गाउँपालिकाको ५ ओटा मा.वि. मा आधारभूत तहको गुणस्तरिय शिक्षा सुनिश्चितताको लागि बालविकास कक्षाहरुको भौतिक तथा शैक्षिक सुधार राईले पदवहालीको क्रममा जनाए ।
यस्तैगरी लिम्चुङबुङ गाउँपालिकाको सुनकोशी गडतिर क्षेत्र विकासको लागि अध्यक्ष कृषि परियोजना अन्तर्गत सुनकोशी तटीय क्षेत्रहरुमा व्यावसायिक कृषि कार्यक्रम सञ्चालन गरिनेछ पनि बिषेश रुपमा गरिने जनाए । उद्यम कोषको स्थापना गरेर एक घर एक उद्यमी कार्यक्रम लागू गर्ने राईले जनाए । राईले यी सँगै पालिकाको समग्र विकासका लागि एमप प्रकारका कार्यक्रमहरु संञ्चालन गर्ने जनाए ।
