Saturday, June 20News That Matters

लिम्चुङबुङमा औषधी र खाद्यन्न बाहेकको अन्य आवत जावतमा रोक

 पूर्णपुष्टि, जेष्ठ २०

लिम्चुङबुङले गाउँबाहिर र पालिका भित्र आवत जावतमा पूर्ण ठप्प पारेको छ । उदयपुरको पहाडी भुगौलको रुपमा रहेको यस पालिकामा पनि संक्रमणको दर सँगै मृत्यु समेत हुन थालेका कारण कडाई गर्नु परेको पालिकाले जनाएको छ ।

पालिका स्तरीय कोरोना रोकथाम समितिको छलफल बाट तत्कालका लागि २९ गते सम्मलाई पालिका भित्र तथा बाहिर आवत जावत र आमनमा रोक लगाएको पालिका अध्यक्ष मेजर कुमार राईले बताउनुभयो ।

पालिकाले औषधी र खाद्यन्नलाई भने अनुमति दिएको छ । त्यसबाहेका अन्य आवत जावतलाई रोक लगाइएको अध्यक्ष राईले जानकारी दिनुभयो ।

पालिकाले अन्य समयमा आधारभुत आवश्यकता अनुसार आवत जावतमा सहज गरेको भएपनि हाललाई भने पूर्ण रुपमा ठप्प पारिएको हो ।

राईले यस प्रति पालिकावासीमा पर्न गएको असरलाई क्षमाप्राप्ती माग्दै कोरोना नियन्त्रण नभए सम्म धैर्यधारण गर्न र नियन्त्रणका लागि सबैले पालिकालाई सहयोग पुराउन अनुरोध सम्म गर्नु भएको छ । राईले सम्पूर्ण पालिकावासीहरुलाई निषेधाज्ञाको नियम र स्वास्थ्यको मापदण्डलाई पनि ध्यानमा राख्न अनुरोध गर्नुभएको छ । उहाँले सबै पालिकावासीहरुलाई स्वास्थ्य रहित घरघरमै बस्न पनि आह्वान गर्नु भएको छ ।