Saturday, June 20News That Matters

वेवारिसे अवस्थामा बम भेटियो

पूर्णपुष्टि, जेष्ठ २०

वेवारिसे अवस्थामा दार्चुला सदरमुकाम खलंगास्थित बम भेटिएको छ । खेल मैदान बनाउने बेला वेवारिसे अवस्थामा पाइपको सकेट बम भेटिएको हो ।

२ फिट लम्बाइ र ६ इन्च मोटाइ भएको सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । खुलामञ्चको मध्य भागमा मजदुरले फिल्ड निर्माण गरिरहेको बेला सवा ११ बजे बम भेटिएको प्रहरीले जनाएको छ ।

बम निष्क्रिय पार्न नेपाली सेनाको टोली बोलाइएको प्रहरीले जनाएको छ ।