
पूणर्पुष्टि, मंसिर २३
लिम्चुङबुङमा कृषि उत्पादनहरुले आत्मनिर्भर परिवारमा टेवा पुराउन थालेको छ । पालिका भित्रको गाउँवस्तिमा उत्पादित कृषि उत्पादन पालिकामै निर्माण भएको कृषि बजारमा लगेर बेच्न सकिने भएपछि स्थानीयहरु व्यवसायी कृषि उत्पादन तर्फ लागि परेको छ ।
अध्यक्ष कृषि परियोजना अन्रर्गत उत्पादित सम्पूणर् कृषि तथा पशुपालकहरुलाई पालिका अध्यक्ष मेजर कुमार राईले बाराहा कृषि बजारमा लगी बेच्न सकिने र आर्थिक आम्दानीमा थप लाग्न आग्रह गर्नुभएको छ ।
पछिल्लो समय त्यहाँ टमाटर, करेला, काउली, लसुन, प्याज, र फलफुलमा सुन्तला, किभि लगाएतका उत्पादनहरु फस्टाउँदै गएको छ । अध्यक्ष राईले सबै उत्पादनलाई लिम्चुङबुङ कृषि बजारमा लागि बिक्रि वितरण गर्नु समेत आग्रह गर्नुभयो ।
अध्यक्ष राईले गाउँमा भएको उत्पादनलाई स्थानीय स्थरमै भरपर्दो मुल्यमा बिक्रि गर्न कृषि बजारले ठुलो मदत गरेको बताउनुभयो ।
पालिका भित्र भएको सबै उत्पादनहरुलाई लिम्चुङबुङको बाराहामा रहेको लिम्चुङबुङ कृषि बजारमा हरेक सनिबार बिक्रि वितरण गर्न सकिने अध्यक्ष राईले बताउनुभयो ।
त्यहाँ उत्पादित कृषि उत्पादनहरु सफा र आर्गनिक हुने पनि स्थानीय कृषकहरुले बताउँछन् ।



