
पूणर्पुष्टि, मंसिर २३
उत्तरी आयरल्यान्डी ९० बर्षिया महिला विश्वमै कोरोना खोप लगाउने पहिलो ब्यक्ति रहेकीछीन् । बेलायतले मंगलबार देखि सुरु गरेको कोरोना भाईरसको खोप उत्तर आयरल्यान्डकी ९० वर्षीया मार्गरेट कीननलाई पहिलो खोप दिदैँ खोप प्रयोग सुरुवातीको उद्घाटन भएको थियो ।
कोरोनाविरूद्ध खोप लगाएकी विश्वमै पहिलो ९० वर्षीया मार्गरेट केनानलाई स्वास्थ्यकर्मीहरुले ताली बजाएर शुभकामना दिएको थियो । उनी फाइजर(बायोएनटेक कम्पनीले उत्पादन गरेको कोभिड-१९ विरूद्ध खोप लगाउने संसारकै पहिलो व्यक्ति हुन् । कोभेन्ट्रीमा रहेको युनिभर्सिटी हस्पिटलमा उनिलाई खोप दिइएको छ ।
उनि अर्को हप्ता मात्रै ९१ बर्ष पुग्दैछिन् । पछिल्लो एक वर्षमा संसारभरि साढे १५ लाखभन्दा बढीको ज्यान लिइसकेको कोरोना भाइरसविरुद्ध मंगलबार खोप लगाउने आफु पहिलो व्यक्ति रहेकोमा भाग्यमानी रहेको उनिले प्रतिक्रिया दिईन् ।‘यो मेरो निम्ति जन्मदिनको सुन्दर उपहार हो ।’उनिले भनिन् ।
खोप लगाएपछि सुरक्षित महशुस गरेको उनले बताएकी छन् । ‘कोरोनाको डरले यो वर्ष अधिकांश समय एक्लै बिताउनुपर्यो,’ उनले भनिन्, ‘अब परिवार र साथीहरूसँग समय बिताउने अपेक्षा गरेको छ आफुले ९० बर्षको उमेरमा खोप लगाउने भाग्यमानी व्यक्ति ठान्दै अरुलाई पनि खोप प्रयोग गर्न आग्रह समेत गरेकीछिन् ।
