
पूर्णपुष्टि, १९ वैशाख ।
पछिल्लो समय पर्यटनका नयाँ गन्तव्य नाराले चर्र्चा पाएका लिम्चुङबुङ गाउँपालिकाले एभरेष्ट भ्यु टपको बोर्ड राखेको छ । पालिका अध्यक्ष मेजर कुमार राई सहितका टोलीले केहिदिन अघि मात्र उक्त बोर्ड राखेका हुन् । अधयक्ष राईले भ्यु टपको बोर्ड राखे सँगै फेसवुकमा आफ्नो प्रोफाईल पनि फेरेका छन् । राईले आफ्नो पुरानो प्रोफाईको ठाउँमा एभरेष्ट भ्यु टप बोर्डको प्रोफाईल राखेका छन् । पर्यटन प्रवर्द्धनको लागि लिम्चुङबुङको प्रोफाईल परिवर्तन गर्ने साझा अभियान सबैले कार्यान्वयन गरेका छौ ।
यस अभियान मार्फत हामीले हजारौ, लाखौ पर्यटकहरु माझ लिम्चुङबुङको सन्देश पुर्याउन सफल भएका छौ, अध्यक्ष राईले फेसवुकमा लेखेका छन्” । उक्त भ्यु टप हाल धमाधम निर्माण भैरहेको अवस्था छ । केहि समय अघि मात्रै एक तलाको ढलान समेत भैसेको छ । यहाँ वोर्ड सँगैको प्रोफाईल राखेर पर्यटनबारे थप प्रचार प्रसारको अभियान नै चलिरहेको पालिकाअध्यक्ष राईको स्टाटसले संकेत गरेको छ । यहाँ वोर्ड सँगैको प्रोफाईल राखेर पर्यटनबारे थप प्रचार प्रसारको अभियान नै चलिरहेको पालिकाअध्यक्ष राईको स्टाटसले संकेत गरेको छ । यसै अभियान अन्तर्गत त्यहाँको कर्मचारी र जनप्रनिधिहरुले फेसवुकमा एभरेष्ट भ्यु टप बोर्डको पृष्ठभुमि रहेको प्रोफाईल राख्दै आएको पाईएको छ ।







