
पूर्णपुष्टि, माघ २८ गते ।
उदयपुरमा दुई पक्की पुलको एकै दिन उद्घाटन भएको छ । प्रदेश नं १ का भौतिक पूर्बाधार तथा शहरी बिकास मन्त्री दुर्गा चापागाईले उदयपुरगढी वडा नं ७ मा निर्माण भएको बलान खोला र बाउन्ना खोला पुलको एकै दिन उद्घाटन गरेको हो । सो पुलले पर्यटकीय गन्तव्य स्थानलाई सहज बनाएको छ । मधेश प्रदेश र छिमेकी देश भारतका पर्यटक तथा भक्तजनहरुलाई लिम्चुङबुङ हुँदै हलेसी सम्म पुग्न अत्यादिक छोटो सडकमा पर्ने निर्माण सम्पन्न दुई पुल शनिवार उद्घाटन भएको हो ।
लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले यस पुलले लिम्चुङबुङलाई पर्यटनको नयाँ गन्तव्यको रुपमा सहयोग पुराएको जनाए । राईले समुन्द्र सतहदेखी सगरमाथा सम्म रहेको पर्यटक तथा धार्मिक स्थलहरुमा जान सहज र छोटो सडकमा बनेको पुलले सहजता दिन सुरु गरेको जनाए । मधेश प्रदेश र छिमेकी देश भारत विहारको पर्यटकहरुलाइ लिम्चुङबुङबाट देखिने सगरमथा, सूर्योदय, सुर्यास्त सँगै तृधाम, तोपोभूमि र हलेसी महादेवको दर्शन लागि उक्त सडक उपयुक्त रहेको अध्यक्ष राईले जनाए ।
कार्यक्रमा प्रदेश १ का उप सभामुख सिर्जना दनुवार, प्रदेश सांसद नारायण बहादुर बुर्जा मगर, सांसद राजन किराँती, सांसद सम्झना तामाङ लगायतको उपस्थिति रहेका थिए ।


