
कात्तिक २४ गते ।
इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी दोस्रो स्थानमा पुगको छ । सिटिले आर्सनललाई २–० ले पछि पार्दै लिगको दोस्रो स्थानमा पुगेको हो ।
लेस्टरको मैदान किङ्ग पावल स्टेडियममा भएको खेलमा घरेलु टिमले जित हात पारेको थियो । खेलको ६८ औँ मिनेटमा सिटीका भार्डीले गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । ७५औं मिनेटमा जेम्स म्याडिसनले दोस्रो गोल गर्दै आफ्नो टिमलाई दोस्रो स्थानमा पु¥याएको थियो ।
१२ खेलबाट २६ अंक बनाउँदै लेस्टरले शीर्ष स्थानको लिभरपुलसँगको दूरी पाँच अंकमा झारेको हो ।
