Friday, May 15News That Matters

वनभोजमा कांग्रेसको अन्तरक्रिया

राजेन्द्र दुष्ट
बेल्टार/कार्तिक २४ गते ।

नेपाली कांग्रेस निकट स्थानीय नेता कार्यकर्ताहरुले वनभोजको आयोजना गरी अन्तरकृया कार्यक्रम गरेका छन् । चौदण्डिगढी नगरपालिका–६ कुवाखानीको नेपाली कांग्रेस चौदण्डिगढी नगर समिति लगायतको आयोजनामा शनिबार कार्यक्रम गरेका हुन् ।

कार्यक्रममा अबका दिनमा पार्टीलाई कसरी अगाडी संचालन गर्न सकिन्छ भन्ने विषय र केहि अन्य विषयमा पनि पार्टी चलायमान गर्ने भन्ने कुराहरु सबैले आ–आफ्नो कुराहरु राखेका थिए । पार्टी निकट नेता तथा कार्यकर्ताहरुले आन्तरिक छलफल र अन्तरक्रिया गरेको थियो ।

कार्यक्रममा नगर प्रमुख खगेन्द्र राई, उपप्रमुख रिताकुमारी चौधरी, क्षेत्रिय सभापति भोजराज खतिवडा, नगर सभापति राजेन्द्र पौडेल, आदिवासी जनजाति संघका केन्द्रीय महासचिव प्रशान्त राई, केन्द्रीय सदस्य भुवनमान श्रेष्ठ, नगर सदस्यहरु विमला राई, मनु कार्की, नगर खेलकुद विकास समितिका संयोजक शशिचन्द्र राई, वडाध्यक्ष रोहितमान तामाङ तलगायत सयौ कार्यकताको उपस्थिती रहेको युवा नेता भुवनमान श्रेष्ठले बताए ।