लैँङ्गिक हिंसा अभियानको १२ औँ दिन १३ नं वडाका हिंसा पिडित महिला र सरोकारवालाहरु बिच छलफल

पूर्णपुष्टि, मंसिर २०
१३ नं वडामा सरोकारवाला र हिंसा पिडित महिलाहरु बिच सोमवार छलफल तथा अन्तरक्रिया भएको छ । १६ दिने लैँङ्गिक हिंसा विरुद्धको अभियान अन्तरर्गत अभियानको १२ औँ दिन वडा कार्यालय ढिक स्थित हिंसा पिडित महिलाहरुको उपस्थितिमा सम्बन्धित सरोकारवाला क्षेत्रहरुसँग छलफल गराइएको वडा सचिव भिमा राईले बताउनुभयो ।

छलफल कार्यक्रममा लैँङ्गिक हिंसा समाजको दिर्घकालिन सामाजिक समस्याको रुपमा जडिएको निष्कर्ष देखिएको छ । यो समस्या जराकै रुपमा समाजमा छाएको र यसलाई रोक्न समस्या रहेपनि न्यनिकरण भने हदै सम्म गर्न सकिने छलफलमा बुझिएको छ ।

घरबाटै शुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ, भन्ने मुल नाराको साथ कार्यक्रमको आयोजना गरिएको हो । लिँङ्गको आधारमा गरिने बिभेद मध्ये महिलाहरु बढी मात्रामा हिंसा पिडित हुने भएकाले महिला हिंसाको अर्को ठुलो रुप समाजमा देखा परेको महिलाहरुको निष्कर्श छ ।

हिंसा सबै खालको व्यक्तिहरुलाई भएपनि महिलाहरुमा हिंसाको समस्या थप देखिएको कार्यक्रममा छलफल भएको छ । हिंसा पुरुषलाई पनि हन्छ, तर महिलाको दाँजोमा पुरुषहरुलाई कमै हुने अध्यानले समेत देखाएको छ । कार्यक्रममा उदयपुरमा भएको लैङ्गिक हिंसा, महिला हिंसा बालबालिका, यौणहिँसाको अवस्थामा समेत प्रस्तुत गरिएको छ ।

अन्तरक्रियाका प्रमुख अतिथि तथा प्रदेश नं १ का सांसद सुनिता चौधरीले हरेक मानव व्यक्तिहरुमा चेतनाको विकास हुन जरुरी रहेको जनाउनुभयो । उहाँले मानिसमा नै हिंसाको सोँच नहुने हो भने सामाजमा कुनै पनि हिंसाको विकृतिहरुले स्थान नपाउने बताउनुभयो ।

चौधरीले सबै व्यक्तिहरुले आफै बाट हिंसा बन्द गरेमा मात्र महिला हिंसा तथा लैँङ्गिक हिंसाको अन्त्य हुने बताउनुभयो । उहाँले हिंसाको अवस्थालाई नियाल्ने हो भने विश्वमा र अझै धेरै नेपालमा महिलाहरु समाजमा धेरै हिंसाको सिकार बन्ने गरेको बताउनुभो ।

यस्तै १३ नं वडा अध्यक्ष पशुपति चौधरीले १६ दिने अभियानको क्रममा मात्र नभई वडाले महिलाहरुका लागि थुप्रै योजना र कार्यक्रमहरुको व्यवस्था गरेको जनाउनुभयो । वडामा आफै महिला नेतृत्व समेत सम्हालेको हिसावले महिलाहरुका लागि कार्यक्रमको शिर्षकनै तयार गरी महिला सम्बन्धि थुप्रै कामहरु गरेको उहाँले बताउनुभयो । उहाँले वडाको हरेक १५ प्रतिश हुन आउने बजेट महिला तथा वालवालिकाहरुका लागि छुट्याएर कार्यक्रमहरु गरेको बताउनुभयो ।

चौधरीले सोही कार्यक्रमहरुको चेतनाले पनि वडामा हिंसा पिडित महिलाहरु कमै रहेको अनुमान गर्न सकिने बताउनुभयो । त्रियुगा नगरपालिका वडा नं ले आयोजना गरेको सो कार्यक्रममा त्रियुगा नगरपालिका महिला प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय महिला तथा वालवालिका सेल, जनप्रतिनिधि र हिंसा पिडित महिलाहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0