Tuesday, April 21News That Matters

लोक बाजा संरक्षण अभियनमा बरिष्ट संगितकार बुलु मुकारुङ

पूर्णपुष्टि, माघ १५

बरिष्ट संगितकार एवम् लोक बाजा संरक्षण अभियन्ता बुलु मुकारुङले लोक बाजाहरु लोप हँुदै जादा नेपाली पहिचानहरु गुम्दै जाने चिन्ता व्यक्त गर्नुभएको छ ।

हाल उहाँ लोक बाजा संरक्षण अभियानमा जुट्नु भएको छ । यसक्रममा उदयपुरको गाईघाटमा पत्रकारहरुसंगको भेटघाटमा यस्तो चिन्ता व्यक्त गर्नु भएको हो । नेपालका बिविध जातजाति, धर्म, संस्कृति, संस्कार, चाँडपर्व नै नेपालको पहिचान र सम्पत्ति हो भन्दै त्यस संग जोडिएका लोक बाजाहरुको बिषेश महत्व रहेको बताउनुभयो । क्षेत्रि, ब्राह्मण, दलित समुदाय, आदिवासी जनजाति समुदाय भित्रका राई, मगर, लिम्वु, तामाङ, दनुवार, चौधरी आदिले प्रयोग गर्ने लोक बाजाहरु उनिहरुको पहिचान संग जोडिएको हुदा महत्वपूर्ण रहेको उहाँको भनाई छ । तर दिनानु दिन यी लोक बाजाहरु लोप हुने क्रम बढ्दो रहेकोले नेपाली पहिचान गुम्ने र नेपाली सम्पदा गुम्ने खतरा बढेको बताउनुभयो ।

त्यसप्रति स्वयम् समुदाय, जाति संरक्षणमा जुट्नु पर्नेमा जोड दिदै सरकारको वा अरुको मुख ताकेर नहुने बताउनुभयो । सबै जातिको लोक बाजा र उनिहरुको भाषा, धर्म, संस्कार, संस्कृति जगेर्णा, संरक्षण र सम्बद्र्धनमा राज्यको ध्यानाकर्षण गराउन  गराउन पनि उत्तिकै लाग्नु पर्ने बताउनुभयो । राज्यले यस्तो दायित्व निर्वाह नगरेकोमा दुख व्यक्त गर्दैै अबका दिनमा राज्यको मुख मात्र ताक्ने नभई आफै अग्रसर भई संरक्षण तर्फ नलागेमा पुरै लोप हुने प्रति सचेत गराउनुभयो । अहिले सम्म काही कतै लोक बाजाहरु भेटिने, बनाउन सकिने वा त्यस बारेमा जानकारी प्राप्त गर्न सकिने अवस्था रहेकाले यतिवेला यस तर्फ लाग्न सबैलाई आग्रह गर्नुभयो । लोपोन्मुख लोक बाजाहरुको संकलन गरी संग्राहलय निर्माणमा जुट्नु पर्नेमा जोड दिनुभयो । उहाँले लोक बाजाहरुबारे सोधखोज गरी पुस्तक नै प्रकाशन गर्ने लक्ष्यका साथ अभियानमा जुट्नुभएको जानकारी दिनुभयो । लोक बाजा लोप हुदै जानुमा लोक बाजा संग मानिसको आयआर्जन नजोडीनु, आधुनिक बाजागाजाको प्रयोग बढ्नु, मौलिक संस्कृति भन्दा पाश्चात्य संस्कृतिमा रमाउनु जस्ता कारणहरु रहेको उहाँले बताउनुभयो ।

लोप बाजालाई बिर्सदै जादा नेपाली सम्पदा र मौलीक पहिचान गुम्ने कुरा प्रति भने नेपाली समाज सचेत हुन नसकिएकोले यस तर्फ सबै सचेत हुनु पर्नेमा जोड दिनुभयो ।