Tuesday, June 9News That Matters

अमर सहिदहरुलाई सम्झदै उदयपुरमा पनि मनाइयो सहिद दिवस

पूर्णपुष्टि, माघ १६

समृद्ध राष्ट्र र स्वतन्त्र जनताका लागि आफ्नो ज्यान आहुती दिने अमर सहिदहरुको सम्झनामा आज माघ १६ गते देशभर सहिद दिवस मनाईरहेको छ ।

देशमा राणा साशन, राजा साशनको अन्त्य गरी लोकतनत्र, गणतन्त्रका निम्ति जनताहरुलाई आफ्नो हक अधिकारमा स्वतन्त्रताको बिउ छर्न योगदान गर्दै ज्यान समेत बलिदान दिने दशरथ चन्द, धर्मा भक्क्त, गंगालाल, सुक्रराज नेपालको पहिलो सहिदहरु लगाएत अन्य सहिदहरुलाई श्रद्धासुमन अर्पण गर्दै उदयपुरमा पनि सहिद दिवस मनाइएको छ ।

नेपालका पहिलो सहिदहरु

शुक्रबार जिल्ला समन्वय समितिको हलमा राजनितिक दल, संघसंस्था, पत्रकार, कर्मचारी, सुरक्षाकर्मी लगाएतहरुको उपस्थितिमा दिवस मनाइएको हो ।

हरेक बर्षहरुमा सप्ताव्यापी रुपले मनाईने सहिद दिवस यो बर्ष भने कोरोनाको कारण बिषेश ढंगले मनाउन नसकिएको आयोजक समन्वय समितिले जनाएको छ । जिल्ल समन्वय समितिको आयोजनामा भएको सहिद दिवस कार्यक्रममा गत बर्षहरुमा सप्ताव्यापी कार्यक्रम अन्तरतगत बिबिध कार्यक्रमको आयोजना गरी यो दिवस मनाइने गरेको थियो । सहिद दिवस कार्यक्रमा प्रदेश सांसद अम्विका थापाले जनताका स्वतन्त्रता र हक अधिकारका लागि बिभिन्न आन्दोलत तथा संघर्षहरुमा आफ्नो जिवन आहुती दिने सम्पूर्ण सहितहरुलाई सम्झदै उनिहरुको सपना पुरा गर्ने र योगदानको सदुपयोग गर्ने बताईन् ।

थापाले उहाँहरुकै योगदानले आज जनताहरुमा खुसी छाउनुका साथै सबैलाई सुनिश्चित अधिकार, वर्तमान सरकार, संविधान, संविधानले प्रथामिकता दिएको शिक्षा, स्वास्थ्य, रोजगार, मजदुर सबैलाई प्राप्त हुने संविधान नेपालमा आएको बताउनुभयो ।

उहाँले पछिल्लो समयको राजनितिक घटनाबारे समेत बोल्दै सहिदहरुको सपना पुरा गर्ने स्थिर सरकारमा केहि असजिलो भएको बताईन् । थापाले हाल दुई तिहाँई सरकारमा भएका केहि व्यक्तिहरुले राष्ट्रियतामा आरोप प्रत्यारोप लगाउने कार्यहरु मात्रै रहेको हुँदा वर्तमान सरकारमा असहज पाईएको बताईन् । भारतले सिमानामा गद्धारी गर्दा अहिले सम्म राष्ट्रियताको बिषय सिमा बारे कुनै पनि सरकार र प्रधानमन्त्रीले नबोलेको कुरा केपी शर्मा ओलीले आफ्नो देश स्वाभिमान जोगाउनु पर्छ भन्दै नक्सा सार्वजानिक गर्दा आफ्नै पार्टी भित्रका सहयात्रिहरुले साथ नदिएको र पद छोड्नु पर्ने भन्दै दिन गन्ती गन्न सुरु गरेको उनीले बताइन् ।

यसैगरी समन्वय प्रमखु खड्ग परियारले राष्ट्रियताको सवाल, निरंकुश बिरुद्ध र लोकतन्त्र प्राप्तीका खातिर बिभिन्न आन्दोलन जनआन्दोलनको मैदानमा आफ्नो बलिदान दिदै सुखि नेपालीहरुको सपना साकार पर्ने नेपालका बीर सहिदहरुलाई स्मरण गर्दै उनिहरुको योगदानको कदर गर्नु पर्ने बताए । उहाँहरुको  सपनाले आज नेपाली जनताहरुको सपना पुरा भएको  र देशमा शान्ति स्थापना र स्थिरताले स्थान पाएको परियारले बताए ।

प्रमुख परियारले यसका लागि उहाँहरुको बिचार र निति निर्देशनको सधैव पालना गर्दै सपना पुरा गरी सहिदहरुलाई जिबित तुल्याउन सबै सामु अनुरोध समेत गरे ।

यसैगरी जिल्ला प्रशासन कार्यालय उदयपुरका निमित्त प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलले सहिदहरुले देखाएका मार्ग निर्देशन तर्फ सबैको भुमिका रहनु पर्ने बताए । आज यो हामिले प्रजातन्त्र, लोकतन्त्रको अनुभुति ति पाउन महान सहिदहरुको बलिदान रहेको र सुखि नेपाली समृद्ध नेपाल तर्फ राष्ट्र उन्मुख भएको पोखरेलले बताए ।