Tuesday, June 9News That Matters

कोरोना बाट सिनिययर स्वास्थ्यकर्मीको निधन

पूर्णपुष्टि, माघ १६

कोरोना संक्रमनबाट बाँकेमा एक सिनियर अनमी ४२ बर्षिया रमा भारतीको मृत्यु भएको छ । बाँके स्थित बैजनाथ गाउँपालिका रहेको टिटिहिरिया स्वास्थ्य चौकीकी सिनियर उनिको भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे निधन भएको हो ।

मृतक रमालाई ‘चार दिन अघि अस्पताल भर्ना गरिएको थियो, उनि महामारीको सुरुवातबाटै प्रतिकार्यमा खटिनु भएको थियो ।’भारतीको एक छोरी र एक छोरी छिन् । नेपाली सेनाले भारतीको शव दिउँसो १ बजे जग्दीघाटमा व्यवस्थापन गर्ने भएको छ ।

भारती जिल्ला जनस्वास्थ्य कार्यालय, बर्दियाका प्रमुख गोकर्ण गिरिकी पत्नीसमेत हुन् । गिरिलाई भने संक्रमण देखिएको छैन । बर्दियाका कोभिड–१९ फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भारतीमा अन्य कुनै स्वास्थ्य समस्या नरहेको बताउँछन् ।

भारतीको निधनमा बैजनाथ गाउँपालिकाले शुक्रबार पालिकासहित अन्तरगतको वडा कार्यालय र स्वास्थ्य संस्थाको सेवा प्रवाह एक दिनका लागि बन्द गरेको छ ।