Monday, April 20News That Matters

वडा नं.१५मा अति विपन्न बर्गको समुदायहरुलाई जस्तापाता वितरण

पूर्णपुष्टि,जेष्ठ १८ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं.१५मा अवस्थित रानीवासका अति विपन्न वर्गका समुदायहरुलाई जस्तापाता वितरण गरेको छ । विहिवार वडाले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गरेर ८ घरलाई जस्तापाता वितरण गरेको हो ।

वडा कार्यालयद्धारा सञ्चलित कार्यक्रम अन्तरगत वर्षौँदेखि फुसको चुहिने छानोमा बस्दै आएका परिवारलाई लक्षित गरेर जस्तापाता छानो वितरण अभियान सुरु गरेको वडा अध्यक्ष गणेश तिमिल्सीनाले जनाए । उनका अनुसार समृद्ध वडा निर्माण गर्ने लक्ष्यका साथ जस्तापाता वितरण गरिएको जनाए ।

वडाले थोरै बजेटमा भए पनि स्थानीयवासीको औचित्य र आवश्यकताको आधारमा योजना तथा कार्यक्रम सञ्चालन गरेको वडा सदस्य डम्बर राईले बताए । उनका अनुसार आर्थिक अवस्था कमजोर भएका कारण वर्षौँदेखि चुहिने फुसको छानोमा बस्दै आएका घरपरिवारका लागि अभियान सञ्चालनमा ल्याइएको बताए ।

वडाले स्थानीय स्तर मै यस्तो अभियान कार्यक्रम सञ्चालनमा ल्याएसँगै स्थानीय नागरिक हर्षित देखिएका छन् ।