
उदयपुर/चैत्र, २५
त्रियुगा नगरपालिका वडा नम्वर १६ ले अति विपन्न घर परिवारलाई खाद्यन्न समाग्री वितरण गरेको छ । टोल विकास संस्थाहरु मार्फत आफना वडामा रहेको दैनिक ज्याला मजदुरी र अति विपन्न परिवारको पहिचान गरी सोमवार राहत वितरण गरेको वडा नं १६ का वडा अध्यक्ष मान वहादुर राईले बताउनुभयो ।
राहात प्याकेजमा प्रतिघर ३० केजी चामल, २ केजी दाल, १ पोका नुन, २ पोका तेल र २ वटा सावुन रहेको छ । पहिलो चरणमा २ सय ५२ घर परिवारलाई राह्त वितरण गरिने वडा अध्यक्ष राइले बताउनुभयो ।
विश्वमा महामारीको रुपमा फैलिरहेको कोभिड १९ ले गर्दा देशमा लागु भएको लकडाउनले ज्याला मजदुर गरेर जिविकोपर्जन गर्ने परिवारमा भोकमरीको अवस्था सृजना हुन नदिनको लागी त्यस्ता घर परिवारमा राहात प्याकेज वितरण गरिएको राईले बताउनुभयो ।
उहाले, नगरपालिकाको कार्य निर्देशन अनुुसार वडामा राहत कोष खडा गेरेर राहात प्याकेज ल्याएको वताउनुभयो । उहाँले यो सयम सवैजनाले सरकारले लागु गरेको लकडाउनको नियम पालाना गरिदिन समेत अनुरोध गर्नु भएको छ ।
शुक्रवार देखी सुरु गरिएको राहत वितरणमा शाहीखोला टोल विकास मार्फत ३१ घर परिवार र सुकौरामा १०७ परिवारमा राहात वितरण गरिएको छ भने वाकी घर परिवारमा भोली वितरण गरिने वडा सदस्य गोमा कार्कीले बताउनु भयो ।
