
उदयपुर, कात्तिक ४ गते ।
प्रथम वडा कप सेभेन ए साईड फुटबल प्रतियोगीताको उपाधी वडा न. ११ ले चुमेको छ । त्रियुगा नगरपालिका–१० बोक्सेमा संचालन भएको प्रतियोगीतामा आयोजक टिमलाई ३–० गोललेपछि पार्दै उपाधि चुमेको हो । “युवा दुर्वेसन विरुद्ध खेलकुद, स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराको साथ वडा खेलकुद विकास समिति त्रिनपा–१० बोक्सेको आयोजनामा प्रतियोगिता संचालन भएको थियो ।
खेल सुरु भएको १० औँ मिनटमा वडा न. ११ का सरोज राउतले एक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएको थियो । त्यस्तै २५ आँै मिनटमा सनिल खड्काले अर्का गोल थापेको थियो भने दोस्रो हाफको १० औँ मिनटमा खड्काले पुन अर्को गोल थप्दै आफ्नो टिमलाई उपाधि चुमाएको आयोजक वडा खेलकुद विकास समिति त्रिनपा–१० बोक्सेका सल्लाहकार ज्ञानबहादुर मगरले बताए ।
आयोजक टिम निकै आक्रमक रुपमा खेल मैदानमा उत्रे पनि गोल फर्काउन नसक्दा शुन्यमा चित्त बुझाउन बाध्य भएको थियो । फाईनल खेलमा शुन्य व्यहोरेका आयोजक टिमले गोल गर्न नसकेपनि दोस्रो स्थानमा चित्त बुझाएका छन् ।
प्रतियोगीताको उपाधि चुमेका वडा न. ११ लाई नगद २५ हजार, प्रमाण पत्र र शिल्ड प्रदान गरिएको थियो भने द्धितिय भएको आयोजक टिमलाई नगद १५ हजार, प्रमाण पत्र र शिल्ड प्रदान गरिएको आयोजकले जनाएको छ । फाईनल खेलमा उत्कृष्ड खेलाडी वडा न. ११ का सुनिल खड्कालाई नगद ५ सय र मेडलले सम्मान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगीतामा उत्कृष्ठ खेलाडी वडा न ११ का प्रविन श्रेष्ठ,उत्कृष्ठ गोल किपर विशाल विक,उत्कृष्ठ डिफेन्डर रुपक फुयाँल, उत्कृष्ठ मिडफिल्ड सुदिप श्रेष्ठ, उत्कृष्ठ फर्वाड सरोज राउत भएका छन् । त्यस्तै उदयमान खेलाडीमा वडा न. १० का सुनिल श्रेष्ठ भएको छ भने प्रतियोगीता भरि ४ गोल गर्दै सर्वाधिक गोलकर्ता वडा न. ४ का प्रविन राई भएको छ । त्यस्तै उत्कृष्ठ प्रशिक्षकमा प्रशिक्षक किरण कार्की भएको सल्लाहकार मगरले बताए ।
सवै विधाका उत्कृष्ठलाई नगद एक हजार, प्रमाण पत्र, गोल्ड मेडलले पुरस्कृत गरिएको थियो भने उदयमान खेलाडीलाई नगद २ हजारसहित प्रमाण पत्र र गोल्ड मेडलले पुरस्कृत गरिएको आयोजकले जनाएको छ ।
