
उदयपुर, पुस २३ गते ।
उदयपुरमा वन तथा वातावरण क्षेत्रसँग सरोकारवाला निकाय विच अन्तरक्रिया कार्यक्रम भएको छ । उद्योग, पर्यटन तथा वातावरण समिति १ न. प्रदेश विराटनगरको आयोजनामा बुधबार अन्तरक्रिया कार्यक्रम भएको हो ।
वन सम्बन्धि काननुका लागि आवश्यक समस्या र त्यसका चुनौतीहरुका विषयमा अन्तरक्रिया कार्यक्रमबाट सरोकारवालाहरुसँग सल्लह सुझाव लिएको थियो ।
चुरे संरक्षण गर्न अति जरुरी रहेको छ । त्यसमा उदयपुर जिल्लामा राम्रो भएको छ । विदेशमा जस्तो कडा कानुन बनाउनु पर्ने कानुन विज्ञ कासीराज दाहालले बताए । नेपालमा राणाशासनको पालामा भएको कानुन जस्तो कानुन बनाए वन संरक्षण हुने उनले बताए ।
कार्यक्रममा ‘निःशुल्क दर्ता गर्ने व्यावस्था मिलाउनु पर्ने, ३० वर्षमा सखुवाको बोट करिब अढाई फिटको गोलीया हुने भएकाले वैज्ञानिक तथा साफेदारी वनलाई विचार गर्नु पर्ने, जडिबुटी तथा दुर्लभ बनस्पतीको पहिचान गरी संरक्षण गर्नू पर्ने, चुरे क्षेत्रको क्रसरलाई निश्चित एरिया तोक्नु पर्ने, जलाधार र सिमसार क्षेत्रको बोट विरुवा कटान गर्न नपाउने कडा कानुन बनाउनु पर्ने, एक द्धार प्रणालीबाट कर तीर्ने व्यावस्था मिलाउनु पर्ने, वन्यजन्तु संरक्षण मात्रै नभई सम्द्र्धन गर्नु पर्ने, फल फल्लने विरुवा रोप्नु पर्ने, एक चिया एक बोट रोप्नु पर्ने, जंगलमा सिमेन्टेड संरचना वा चिहान बनाउन नहुने, निजी वनलाई प्रोत्साह गर्नु पर्ने लगायतका सल्लाह सुझाव सहभागिहरुबाट आएको थियो ।
