Wednesday, May 20News That Matters

किराँती नयाँ बर्षमा गुद्रुकको अचार, सेल रोटी र तरुल खुवाइने

काठमाण्डौँ, पुस २३ गते ।

किरातीहरुले मान्दै आएको यले सम्वत ५०८० विगत पर्षहरुभन्दा भव्य बनाउन किरात राई यायोक्खा केन्द्रित समिती तयारीमा लागिरहेको छ । किराँती यले सम्वत नयाँ वर्षको अवसरमा यायोक्खाले सिक्किमका निवर्तमान मुख्यमन्त्री डा. पवन चाम्लिङलाई “हाङ यलम्बर स्मृति पुरस्कार ५०८०“ सम्मान गर्दैछ । पुरस्कार राशी २ लाख २२ हजार २२२ रुपैयाँ रहेको छ ।

प्रजातान्त्रिक पद्धतिबाट २५ बर्ष लामो शासन गर्दा पूर्व मुख्यमन्त्री चाम्लिङले भाषिक, सांस्कृतिक रुपमा योगदान गर्नुको साथै समुदायको शीर उच्च बनाउन योगदान गरेकोमा उक्त सम्मान गर्न लागेको यायोक्खा अध्यक्ष दिवस राईले बताए ।

सम्मान तथा शुभकामना आदानप्रदानको साथै सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथी प्रदेश १ को मुख्यमन्त्री शेरधन राई आउने निश्चित भएको महासचिव जनक राईले बताए ।

माघ १ गते राष्ट्रिय सभागृहमा हुने भव्य कार्यक्रममा सहभागीहरुलाई सेल रोटी, उसिनेको तरुल र पिरो गुद्रुकको अचार खुवाउन उपाध्यक्ष राकेश राई, कोषाध्यक्ष देवान राई, सहकोषाध्यक्ष परशुराम राई, केन्द्रिय सदस्य सर्वधन राई लगायतको टोलि लागिरहेका छन ।

कर्यक्रममा घर पालुवा वदेलको मासुबाट बनाइने अचारको समेत तयारी भइरहेको केन्द्रीय सदस्य सर्वधन राईले बताए ।

यसै सन्दर्भमा प्रचार विभागले अध्यक्ष दिवस राईको उपस्थितिमा यायोक्खा काठमाडौ, ललितपुर, भक्तपुर जिल्ला समितिहरु, भाषिक तथा भातृ सस्थाकाको नेतृत्वसहितको बैठक बसेर प्रचारमा लागिरहेको सचिव समेत रहेका विभाग प्रमुख अर्जुन जम्नेली राईले वताए ।

विभागले निमन्त्रणा कार्ड, निम्तो सम्बन्धि अडियो, भिडियो मार्फतपनी माघ १ गते १ बजे काठमाडौको राष्ट्रिय सभागृह आउनु अनुरोध गरेका छन । नयाँ बर्षलाई उत्सवको रुपमा मनाउन घरघरमा दिप प्रज्वलन र प्रदेश १ को नाम किरात राख्न दवाव दिन अभियानको रुपमा मनाउन यायोक्खाले मतहतको संगठनहरुलाई सर्कुलर गरिसकेको छ ।