Sunday, June 28News That Matters

वाग्मती र गण्डकी प्रदेशले कोरोना सङ्क्रमितको निःशुल्क उपचार गर्ने

पूर्णपुष्टि, कात्तिक ५

वाग्मती र गण्डकी प्रदेश सरकारले कोरोना सङ्क्रमितको निःशुल्क उपचारलाई निरन्तरता दिने भएको छ ।
गण्डकी प्रदेशको ३८ ठाउँका कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहेको गण्डकी प्रदेश सरकारले जनाएको छ । नागरिकप्रतिको दायित्व पूरा गर्नबाट गण्डकी सरकार पछि नहटेको जनाएको छ । अहिलेसम्म कोरोनाको पीसीआर परीक्षण र उपचार खर्च गण्डकी सरकारले नै बेहोर्दै आएको र यो सेवा निरन्तर रहने जनाईएको छ ।

त्यस्तै वाग्मती प्रदेश सरकारको माततमा रहेका सवै अस्पतालमा कोभिड १९ को निःशुल्क  उपचार भईरहेको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहेको जनाईएको छ ।

यसअघि लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोख्रेलले पनि आफ्नो प्रदेशका कोरोना विशेष अस्पतालमा कोरोनाका बिरामीको निःशुल्क उपचारको व्यवस्था यथावत् रहेको बताउनुभएको थियो ।

संघीय सरकारले कोरोना सङ्क्रमितको उपचार खर्च आफैले गर्नुपर्ने निर्णय गरेपछि चौतर्फी विरोध भैरहेको छ ।