Tuesday, April 21News That Matters

वानएक्स बेटमा ८ जना पक्राउ, कोको हुन पक्राउ पर्नेहरु ?

पूर्णपुष्टि,जेष्ठ ३२ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले वानएक्स बेटमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । अपराध अनुसन्धान कार्यालयले कलाकार र युट्युबरहरूलाई पक्राउ गरेको हो ।

जसमा गोरखा घर भई बनस्थली बस्ने हास्यकलाकार बल्छी ध्रुवे मरिचमान श्रेष्ठ, धनकुटा घर भई भक्तपुर बस्ने (म्याकुरी) पवन खतिवडा, पोखरा घर भई नयाँबजार बस्ने राजुमास्टर उर्फ राजु पौडेल र उदयपुर घर भई ललितपुरको टिकाथली बस्ने युट्युबर अलिश राई छन्।

त्यस्तै रोल्पा घर भई कीर्तिपुर बस्ने युट्युबर जलन घर्तीमगर, जलन मुगु घर भई टिकाथली बस्ने युट्युबर गणेश देवकोटा, (जिडी), मोरङ घर भई भक्तपुर ठिमी बस्ने सरोज घिमिरे (ढेडु बुढो) र प्युठान घर भई कलंकी बस्ने भटभटे माइला भन्ने बेगम नेपाली छन्।

उनीहरूलाई केहि दिन अघि देखि प्रहरीले निगरानी गरिरहेको थियो । युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ।

यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो । त्यसरी अपरेसन चलाएर बुधबारमात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।