Tuesday, April 21News That Matters

हुरीले पोल ढालेपछि विराटनगरमा विद्युत सेवा अवरुद्ध

पूर्णपुष्टि,जेष्ठ ३२ । बुधवार रातिको हावाहुरीका विराटनगरका विभिन्न स्थानमा विद्युत पोल ढालेको कारण आज विराटनगरमा अवरुद्ध हुने भएको छ । हावाहुरीले विद्युतका पोल ढाल्दा विराटनगरमा दिनभरी विद्युत अवरुद्ध हुने अवस्था रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

विद्युत लाईन अनियमित हुँदा औद्योगिक क्षेत्रमा कलकारखाना, छापाखाना, गार्मेन्ट उद्योगलगायत विद्युतबाट सञ्चालन हुने कामहरु सबै ठप्प भएका छन् । ढालेका पोलहरुको मर्मत भैरहेको नेपाल विद्युत प्राधिकरण विराटनगरले जनाएको छ ।

विद्युतको समस्या देखिएको ठाउँमा मर्मतको लागि कर्मचारीहरु खटाइएको प्राधिरणको भनाई छ । मर्मतको काम सकिएपछि विद्युत आउने बताइएको छ ।