Friday, May 15News That Matters

विकासको अग्रपङ्तिमा उदयपुर : अध्यक्ष दत्त

उदयपुर, पुस ९ गते । 

मुलुकमै उदयपुर जिल्लाले विकासको राम्रो गति लिएको मधेशी आयोग केन्द्रिय अध्यक्ष डा. विजयकुमार दत्तले बताएका छन् । जिल्लामा भएको विकासको गति मुलुकका अन्य जिल्लाहरुले लिन सके समद्धि र शुसाशनमा धेरै समय नलाग्ने बुधबार पत्रकार भेटघाटमा अध्यक्ष दत्तले बताएका हुन् ।

उदयपुरको दुई दिनको बसाईमा सकारात्मक र उर्जाशील कुरा पाएकोमा खुसी व्यक्ति गरेका छन् । अहिलेसम्म आफु पुगेको अन्य जिल्लाहरुमा निरासाजन कुरा पाएको अध्यक्ष दत्तले बताए । प्रशासन, सरोकारवाला, जनप्रतिनिधिदेखि जनतासम्मबाट विकासको सकारात्मक र उर्जाशिल कुरा पाएकाले आफु प्रभावित भएको उनले बताए ।

जिल्लाको उद्योग, व्यपार,शिक्षा, सामाजिक सद्भाव, सहकार्य अति राम्रो पाएको छ । हिमाल, पहाड र तराईको संगम स्थल उदयपुर भएको अध्यक्ष दत्तले बताए । शिक्षा, स्वास्थ्यमा १ न. प्रदेश राम्रो छ । २ नं प्रदेश शिक्षा, स्वस्थ्य र आर्थीक भष्ट्रचारको समस्या रहेको जनताले जनाएको उनले बताए ।

मुलुकलाई व्यवस्थित गर्न, विकास गर्न, शुसाशनको लागि प्रत्यक क्षेत्र, समुदायलाई संगठीत र सुव्यवस्थित गरेर लैजानु पर्ने अध्यक्ष दत्तले बताए । आयोगमा नियुक्ति पाएपछि पूर्वको मेचीदखि पश्चिमको महाकालीसम्म हुलाकी राजमार्ग र सिमा केन्द्रि योजना बनाएर कम गरेको उनले बताए ।

आयोगका काम कर्तव्य र अधिकार अनुसार मधेशी समुदाय विरुद्ध भएका अत्याचार माथि व्यक्ति वा संस्थामा परेको उजुरीको चाङ लागेको थियो । लिखित, मौखिक र मिडियालाई आधार बनाएर संकलन गरेको उजुरी सात दिन भित्र टुङ्ग्याउने प्रयास भएको अध्यक्ष दत्तले बताए ।

मधेशमा सकारात्मक रुपान्तरण, शसक्तिकरण र पहुचको आवश्कता रहेको छ । सवै समुदायमा शसक्तिकरणको अभाव छ भने पहुचमा झनै ठूलो समस्या देखिएको छ । माथी पहुच भएकाहरु तलसम्म समन्वयन नभएको र मध्य पहुच हुनेहरु तल र माथीसँग सम्र्पक नभएको देखिएको छ भने पहुच विहिनहरु तलको तलै रहेको पाईएको अध्यक्ष दत्तले बताए ।

नेतृत्वको विकास हुन जरुरी देखिएको छ । ३२ वटा औपचारीक र ६७ वटा अनौपचारीक कार्यक्रम गरेको अध्यक्ष दत्तले बताए । विज्ञहरुसँगको छलफलमा चुरे क्षेत्र प्रभावित हुनाले उर्भर कृषी योग्य जमिन मरुभुमि हुने चिन्ता र राजनीति समस्या देखिएको छ । साथै यसको समाधानका उपाय पनि खोजीने उनले बताए ।

जनप्रतिनिधिहरुमा अभिमुखिकरण र शसक्तिकरणको अभाव देखिएको छ । वैदेशीक रोजगारीले रेमिट्यान्स भन्दा पनि कयौँ गुणा विकृति भित्रिएको छ । संचालन हुनु पर्ने उद्योगहरु बन्द भएको अध्यक्ष दत्तले बताए । यस्ता कार्यक्रम तर्जुमा गरी नेपाल सरकारलाई पेश गर्ने उनले बताए ।

आयोगमा चार जना सदस्यको कोटा रिक्त रहेपनि मधेशी समुदायका थर सचिकृत गरी पेश गर्नु पर्ने कामलाई अगाडी बढाएको अध्यक्ष दत्तले बताए । वार्षीक प्रतिवेदको साथ २७ बुदे सिफारीस राष्ट्रपति समक्ष पेश गरिसकेको छ भने १ न. प्रदेशका मुख्यमन्त्रि शेरधन राई समक्ष पनि प्रतिवेदन पेश गरेको अध्यक्ष दत्तले बताए ।