Saturday, June 13News That Matters

वितेको २४ घण्टामा ७६० जना कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, साउन १९ गते ।
वितेको २४ घण्टामा नेपालमा थप ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ५ हजार ९ सय २६ जनाको नमुना परीक्षण गर्दा ७ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
वितेको २४ घण्टामा ३ सय २४ जना संक्रमित निको भएका छन् । २४ घण्टामा एक जना संक्रमितको ज्यान गएको छ । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या ५ हजार ६ सय २ रहेको मन्त्रालयले जनाएको छ ।