
पूर्णपुष्टि, भदौ १४
कोरोना संक्रमणबाट गत साता विदेशमा कार्यरत थप तीन जना नेपालीको मृत्यु भएको छ । गत साता बेलायतमा १ र यूएईमा २ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिले जनाएको हो ।

यो सँँगै शनिबार साँझसम्ममा विश्वका १६ देशमा एक सय ९५ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना भाइरसका कारण बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायतका देशमा रहेका नेपालीहरुको मृत्यु भएको हो ।
अहिलेसम्म विश्वका ३८ देशमा रहेका ३४ हजार ७ सय १ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भईसकेको जनाईएको छ । उक्त संक्रमित मध्ये उपचारपछि ३२ हजार ५ सय ११ जना कोरोना मुक्त भएको जनाएको छ ।
दक्षिण अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना सङ्क्रमण सामान्य बढेको छ । अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो लहर सुरु भएपछि नेपाली समुदायमा सङ्क्रमण सामान्य रुपमा बढेको जनाईएको छ ।
