Thursday, June 4News That Matters

विद्यालयको निर्माणाधिन भवनबाट लडी १ को मृत्यु

पूर्णपुष्टि, वैशाख २३ गते ।
ईलामको सुर्योदय नगरपालिका–१२ स्थित करफोक माध्यमिक विद्यालयको निर्माणधिन भवनबाट लडी एक जनाको मृत्यु भएको छ । जिल्लाको वारा जितपुर नगरपालिका–५ गकुलियाका २५ बर्षीय पुकार चौधरीको मृत्यु भएको हो ।
हिजो बेलुका ५ बजे विद्यालयको ४ तले निर्माणाधिन भवनको माथि टिन (टस) लगाउने क्रममा भुईमा झरी घाईते भएका चौधरीलाई उपचारको लागि झापा वुधवारे स्थित सिटि हस्पिटल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको छ ।