Wednesday, May 6News That Matters

विप्लप समूहद्धारा जेसिवी आगजनी

भोजपुर, भदौ ११ गते ।

भोजपुरको बेहेरे दोभानमा निर्माणाधिन हाईड्रोपावरका काममा प्रयोग गरिने जेसिवी विप्लप समूहले आगजनी गरेको छ । निर्माणाधिन ८ मेगाहर्जको पिखुवा खोला हाईड्रोपावरको कामा प्रयोग गरिने जेसिवी नेत्रविक्रम चन्द विप्लप समूहले आगजनी गरेको प्रहरीले जनाएको हो ।

निर्माणाधिन हाईड्रोपावरको काममा प्रयोग गरि राखेको अवस्थामा सिसा फुटाई डिजेल छर्केर आगजनी गरेपछि स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । भित्र शंखास्पद वस्तु राखेकाले सुरक्षा घेरा भित्र राखी सेनाको डिस्पोजल टोलीले डिस्पोज गरको प्रहरीले जनाएको छ ।

फष्ट राईफल गणबाट खटेका डिस्पोजल टोलीले उक्त शंखास्पद वस्तु हेर्दा दुईवटा पेप्सिको बोतलमा डिजेल रहेको प्रहरीले जनाएको छ ।