Friday, May 15News That Matters

विप्लवका दुई कार्यकर्ताद्वारा पार्टी परित्याग

उदयपुर, पुस १५ गते ।

उदयपुरमा नेत्र विक्रम चन्द (विप्लव) समूह निकट नेकपाका दुई कार्यकर्ताले पार्टी त्याग गरेका छन् । रौतामाई गाउँपालिका–७ निबासी आक्रोस भन्निे तिलक तामाङ्ग र त्रियुगा नगरपालिका–१० बोक्से निबासी सिद्धान्त भन्ने नईन्द्र राईले विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेका हुन् ।

विप्लव समूहमा आबद्ध भएपनि पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको विज्ञप्तिमा उल्ले गरीएको छ । पाटी परित्याग गरी स्वतन्त्र जीवन यापन गर्दै घर परिवारसँग समय विताउने विज्ञप्तिमा उल्लेख गरीएको छ । जिल्ला कारागार उदयपुरको थुनुवाको रुपमा रहेका तामाङ्ग र राईले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेका छन् ।