Wednesday, May 20News That Matters

विरामी श्रीमती छाडेर श्रीमान् बेपत्ता, विरामीको अवस्था गम्भिर, पक्राउ गरीदिन भन्दै प्रहरीमा उजुरी

पूर्णपुष्टि, असोज २६ ।

विरामी श्रीमतीलाई छाडेर उदयपुरबाट एक पुरुष वेपत्ता भएका छन् । झापा घर भई त्रियुगा नगरपालिका ११ गाईघाटमा डेरागरी बस्ने चुडाप्रसाद फुयल गम्भिर अवस्थाकी श्रीमती अनिता फुयललाई छाडेर बेपत्ता भएका हुन् ।
व्यवसायको सिलसिलामा गाईघाट बस्दै आएका फुयलले एकवर्षदेखि श्रीमतीको हेरचाह र भेटघाट नगरी बाहिर बाहिरै वेपत्ता हुदै आएको ससुरा काँशीनाथ बरालले बताउनुभयो । श्रीमान्बाट वेवारिसे अवस्थामा छाडिएकी अनिताको भने विमारका कारण स्वास्थ्य अवस्था गम्भिर बनेको छ । उनी प्यानक्रिज विमारी (आन्द्राको सातपत्रे ड्यामेज) का कारण चार महिनादेखि थलिएकी छिन् । हिड्डुल गर्न सक्दिनन् । खान खान र चर्पी जानसमेत अरुकै साहारा चाहिन्छ । काठमाडौं टिचिङ अस्पतालमा आइसियुमै राखेर उपचार गरिएको थियो । हाल खर्चको अभावले गाइघाटमै ल्याएर राखिएको छ । उनको पेट चिरेर पाईपबाट नै दिसा पिसाव गराइन्छ ।

पूर्णपुष्टिमा विरामीकाे अवस्थाबारे जानकारी दिदै विरामीका बुवा, छाेरा

माइतीबाट १२ लाख बढि उपचारमा खर्च भईसेको भएपनि विरामी ठीक हुने अत्तोपत्तो छैन । थप उपचारका लागि खर्चको अभाव छ । विरामीको माइतीतर्फ जन्मदिने बुवाआमाले ऋणसाहु खोज्दै, घरको जायजेथा विक्री गर्दै छोरीको उपचार गरिरहेको भएपनि उनको श्रीमान्ले उपचार, हेरचाह र भेटघाटमा पुरै वेवास्ता गरेका छन् । उनको श्रीमान् चुडाप्रसाद झापाको दमक नगरपालिका ९ मा भाइको घरमा बस्ने गरेको ससुरा काँशीनाथले बताउनुभयो । मोवाइल नम्बर फेरिरहने ज्वाईले कहिले काँही फोन सम्पर्क हुँदा छोरी मरे, बाँचे केही मतलब नरहेको बताउने गरेको उहाँले बताउनुभयो । छोरीको मायाले बाबुआमाले सक्दो उपचार गरिरहेको तर अरु उपचारको लागि खर्चको अभाव भइरहेको बेला ज्वाइले गरेको अमानवीय व्यवहारले ससुरालीमा झनै चिन्ता थपेको छ ।
उनको हाल १६ वर्षको छोरो छ । आमासंगै रहेको छोरो निशान फुयललाई समेत चुडाप्रसादले वेवास्ता गरेका छन् । उनको पढाई, लालनपोषणमा केही मतलब नराखेको ससुरा काँशीनाथले बताउनुभयो ।
एकातिर छोरीको माया, अर्कोतिर ज्वाईको अन्याय र त्यसमाथि छोरीकै उपचारमा १२ लाख ऋण पर्दा बुढेशकालका काँशीनाथ रुदै हिडेका छन् । उदयपुरगढी गाउँपालिका ६ नेपालटार दनुवारवेसीका ६२ वर्षिय काँशीनाथले गहँभरी आँशु पार्दै छोरीमाथि भएको अन्यायको कानुनी उपचार तथा स्वास्थ्य उपचारको माग गर्नुभयो ।

छाेरीकाे बारेमा पिडा व्यक्त गर्दै विरामी अनिताकाे ६२ वर्षिय वुवा काँशीनाथ

ज्वाईलाई खोजी गर्ने र सम्झाएर ल्याउने धेरै कोशिसहरु गर्दा पनि नभएपछि अहिले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिदै पक्राउ गरी कारवाहीको माग गरिएको उहाँले बताउनुभयो । छोरो निशान्त निवेदक भई दिएको उजुरीमा बुवा चुडाप्रसादको खोजी गरी पक्राउ गरेर आमाको उपचार र उपचारमा परेको १२ लाख रुपैया रिण तिराईदिन माग छ ।
विगतमा गाईघाटमा होटल ब्यवसाय गरेका चुडाप्रसाद केही समय विदेश गई एकवर्षअघि फर्केपछि श्रीमतीसंगको सम्बन्धमा विभिन्न आरोप लगाउने, कुटपिट गर्ने, खान लाउन र हेरचाह नगरी बाहिर बाहिरै बेपत्ता भएका थिए ।