Wednesday, May 20News That Matters

५० करोड बराबरको जग्गा किर्ते गर्ने १ जना पक्राउ

पूर्णपुष्टि, असोज २६

५० करोड रुपैयाँ बराबरको जग्गा किर्ते गरेर ठगी गरेको आरोपमा केवलप्रताप जङ्गबहादुर राणा पक्राउ परेको छ ।
पर्साको वीरगञ्ज महानगरपालिकामा कमलादेवी राजभण्डारीको नाममा रहेको कित्ता नम्बर ३, ७१, १४३, १८६ गरी जम्मा पाँच कठ्ठा, पन्ध्र धुर, नौ कन्वा किर्ते कागजात बनाइ आफ्नो नाममा गरी अर्कै व्यक्तिलाई बेच्नका लागि ५० लाख रूपैयाँ बैनासमेत लिइसकेका राणालाई काठमाण्डौ महानगरपालिका–७ रातोपुलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

ब्युरोका अनुसार उनले जग्गा किर्ते गरेर ठगी गर्न नागरिकताको प्रमाणपत्रमा समेत किर्ते गरेको प्रहरीले जनाएको छ । राणा ललितपुर महानगरपालिका–१३ कुसुन्तीका बासिन्दा हो ।