
पूर्णपुष्टि, जेठ २१ गते ।
विश्वका विभिन्न देशका ३० लाख भन्दा बढी कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।
विश्वको २ सय १३ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोना संक्रमण फैलिदा ६४ लाख ५२ हजार भन्दा बढी मानिस संक्रति भएको मध्ये ३० लाख ६६ हजार भन्दा बढी उपचारपछि निको भएका हुन् ।
उक्त कोरोना संक्रमित मध्ये ३ लाख ८२ हजार ५ सय भन्दा बढीको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ ।
कोरोनाको संक्रमण भएका देश मध्ये १४ देशका शत प्रतिशत उपचारपछि निको भएका छन् ।
